Achham

 

 

कबुलियती वन समुहहरुको सहकारी ः गरिव विपन्नहरुको भकारी

के तपाई गरिवीको चपेटामा पर्नु भएको छ ? कतै तपाई आफ्नो घरको दैनिक आधारभुत समस्याले त पिरोलिनु भएको छैन् ? हो भने नआतिनुस्, अब कबुलियति वन र सहकारीबाट पनि गरिवी समस्या न्यूनिकरण हुन सक्छ, यस्तै भन्नुहुन्छ ः जाल्पादेवि गा.वि.स. वडा नं. ९, अछाम बस्ने बर्ष २८ को लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हँस बहादुर कुवँर ।

लालिगुराँस बचत तथा ऋण सहकारी संस्था अछाम जिल्लाको जाल्पादेवि र मार्कु गा.वि.स.हरुमा भएको क्रमश ः १० र २ गरि जम्मा १२ वटा कबुलियति वन समुहहरुको सहकारी संस्था हो । यस संस्थाको स्थापना वि.स. २०६५ सालमा भएको हो । दर्ता  आ.व. २०६६÷०६७ मा डोटी जिल्लाको सिलगढीमा रहेको डिभिजन सहकारी कार्यालयमा भएको हो ।

मिजासिला स्वभावका अध्यक्ष कुवँर त्रिपुरासुन्दरी मन्दिरको पिपल चौतारीमा बसी बताउनुहुन्छ ः यो १२ वटा कबुलियति वन समुहहरुको सहकारी संस्था दर्ता गर्न सबैभन्दा पहिले फ्रिप्याड संस्थाबाट प्रेरणा पाए । पछि फ्रिप्याड, कबुलियति वन तथा पशु विकास कार्यक्रम, हव अफिस, डडेलधुरा र जिल्ला वन कार्यालय, अछामका प्राविधिक सरहरुले सहयोग गर्नुभयो । उहाँले अगाडि भन्नुभयो ः यस सहकारीमा जम्मा १ सय ४८ जना सदस्य छन् । प्रत्येक महिनाको ५ गते नियमित मासिक बैठक हुन्छ । प्रत्येक सदस्यहरु आफै सहकारीमा आई मासिक २५ रुपैयाँ बचत जम्मा गर्नुहुन्छ । अहिले सम्म यस सहकारीमा जम्मा २ लाख साठी हजार बचत छ । यसको खाता मालिका विकास बैंक, साँफेवगर, अछाममा रहेको छ । यस सहकारीमा सबै सदस्यहरुको १०० रुपैयाको सेयर रहेको छ । 

यस सहकारी संस्थाको सहसचिव विरेन्द्र वोगटी संग नजिकैको मालिका कबुलियति वनमा गई सोध्दा वहाँ अगाडि थप्नुहुन्छ ः हाम्रो यो सहकारीमा ऋण समिति छ । जुन तीन सदस्यीय छ । ऋण समितिका संयोजक जाल्पादेवि गाविसमा रहेको सुकातोला कबुलियति वन समुहका सदस्य भानुभक्त उपाध्याय हुनुहुन्छ । संस्थाबाट बढीमा १५ हजार रुपैया सम्म बढीमा छ महिनाको लागि १८ प्रतिशत बार्षिक ब्याजदरमा ऋण पनि दिन्छौं । 

जाल्पादेवि गाविसको मष्टमाण्डौ कबुलियति वन समुहका सदस्य मिठु लोहारको बारेमा सहसचिबले भने लोहार एउटा गरिव दलित हुन । उनलाई साँझ विहान छाक टार्न साह्रै धौ हुन्थ्यो । आम्दानीको कुनै स्रोत थिएन । लोहारले आ.व. ०६७÷०६८ मा सहकारीबाट १५ हजार रुपैया लिए । त्यो रुपैयाले उनी नजिकैको मार्कु गाँउबाट ३ वटा बाख्रा किने । ३ वटा बाख्रापालन गरेर उनले ७ वा बाख्रा बनाए । ७ वटा बाख्रा मध्ये तिन वटा बाख्रा प्रति बाख्राको ५ हजारको दरले जम्मा १५ हजारमा बिक्रि गरे । त्यहि १५ हजार रुपैया सहकारीलाई ऋण फिर्ता गरे । अहिले उनीसंग ४ वटा बाखा रहेको छ ः सहसचिव बोगटिले बताउनुभयो ।

बोल्दै गरेको सहसचिव बोगटीलाई अध्यक्ष कुवँरले आफ्नो हातको इशाराले बोल्न रोक्दै आफ्ना कुराहरु जोड्दै भने ः यसै सहकारीबाट जाल्पादेवि गाविस मै रहेको मालिका कबुलियति वन समुहका सदस्य पुर्ण बहादुर बोगटिले पनि १२ हजार ऋण लिए । उनले त्यो पैसाले एउटा भैसी किने । र भैसिपालन गरेको केहि दिनमै भैसि ब्यायो । ब्याएको भैसिले दैनिक ४ लिटर दुध दिन थाल्यो । अहिले उनि त्यो दुध साँफेवगर बजारमा लगेर बेचेपछि दैनिक प्रति लिटर ५० रुपैयाको दरले जम्मा २०० रुपैया आर्जन गरिरहेको छन् । दुध बेचेर जम्मा गरेको पैसाले सहकारीको ऋण फिर्ता गर्छु भनि हिम्मतिलो पुर्ण बहादुरको भनाईलाई उदृत गर्दै अध्यक्ष हँस बहादुर कुवर आफ्नो टाउकोमा लाएको टोपि हातले भिक्दै मुसुक्क हाँस्दै भन्नुभयो । 

यसरी सहकारीको उदाहरण बनेका मिठु लोहार, पुर्ण बहादुर बोगटिहरुले आफु जस्तै अरु किसानहरुलाई उत्प्रेरणा दिईरहेका छन् । फलस्वरुप अहिले सहकारीमा आवद्ध भएका प्रायजसो किसानहरुको आयस्तर वृद्धि भई उनीहरुको जिविकोपार्जनमा सुधार भएका छन् । अनि भन्छन् ः यो कबुलियती वन समुहहरुको सहकारी त वास्तवमा हामी गरिवहरुको त भकारी जस्तै रहेछ । जति बेला चाहे त्यति बेला पैसा झिक्न मिल्ने, त्यो पनि सरल ब्याजमा ।

युवा अध्यक्ष कुवँर अन्तमा भन्नुहुन्छ ः सहकारी व्यवस्थापन सम्बन्धी, अभिलेख तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम पाए, भ्रमणमा गई अरुको सहकारीबारे जानकारी पाई सिक्ने मौका पाए राम्रो हुन्थ्यो । अरु सहकारी जस्तै यो लालिगुराँसलाई पनि अझै विकास, विस्तार गर्ने सपना थियो मेरो ।

लेखन तथा संकलन ः रेन्जर हेम चन्द्र महतो, जिल्ला वन कार्यालय, अछाम

 

कबुलियती वन ः सहकारी तिर मन

 
सिरु नै सिरुले ढाकेको सुख्खा, नाङ्गो डाडो थियो यो वन ‘’ भन्छन् मालिका कबुलियती वन समुहका २८ वर्षिय अध्यक्ष विरेन्द्र वोगटी । कथा हो मार्खु—९, अछाममा रहेको श्री मालिका कबुलियति वन समुह को । यसको क्षेत्रफल २.५६ हे. रहेको छ ।
हाफ पैन्ट र सर्ट लगाएको मेहनेती अध्यक्ष वोगटी समुहले लगाएका मुलाटो घाँसको विरुवा छुदै हेर्दै भन्छन् पहिले यो वन सुख्खा, काँडै काँडा भएको नाङ्गो थियो । घाँसको लागि अरुको वन जंगलमा जानुपर्ने वाध्यता । 
 
कवुुलियती वन तथा पशु विकास कार्यक्रम र जिल्ला वन कार्यालय, अछामको प्रेरणाले कबुलियती वन समुह गठन भयो । प्राविधिकहरुले समय समयमा नर्सरी व्यवस्थापन, विरुवा उल्पादन, जिविकोपार्जन सुधार सम्बन्धि तालिमहरु दिए भनि कुराहरु जोड्दै वोगटी थपे ।
१२—१५ दिन लगाएर समुहका सवै सदस्यहरु मिलि मेहनत गरेर काँडा, झाडि सफा गर्यौ । बहुबर्षे घाँसहरु नेपियर, पास्पालम, मुलाटो, स्टाइलोका साथै रिठ्ठा—२५० वटा, अमला—२५ वटा, टाँकि—२५ वटा, कुरिलो—२० वटा, दालचिनि—५ वटा, किम्वुु—१५ वटा गरि जम्मा ३४० वटा वोटहरु रोप्यौं । वनलाई चरिचरणबाट बचायौं । हाँस्दै वोगटी बताए । उनी आफनो हातमा राखेको बोतलको पानी एक घुट्को खादै अगाडि बताउँछन् ः चरिचरण गराएमा प्रति भैंसी रु. ५० र प्रति बाख्रा रु. १० दण्ड जरिवाना गराउने नियम छ र हालसम्म यसबाट रु. ७०० आम्दानी भएको छ । 
 
आ.व. ०६७÷०६८ मा विविकोपार्जन सुधार योजना कार्यक्रमको लागि जिल्ला वन कार्यालय, अछामले रु. १०,००० सहयोग गरेको थियो । त्यसै पैसाले खानेपानी टंकी निमार्ण गरियो । हाल पानीको मुहान सुकेर हुने खानेपानीको समस्याबाट पनि समाधान भयो भनि खानेपानी टंकीतिर हेर्दै अध्यक्षले भने । यति मात्र होइन, यस कबुलियति वन समुहका सदस्यहरु लालिगुराँस कबुलियति वन बचत तथा क्रण सहकारी संस्था, जाल्पादेवि, अछाममा पनि आवद्ध भई मासिक रु. २५ का दरले वचत गर्दै आएका छन् । 

यस कबुलियति वन समुहका सदस्य पुर्ण बहादुर बोगटि हँसिलो अनुहार बनाई भन्नुहुन्छ ः जाल्पादेवि र मार्कु गा.वि.स.को जम्मा १२ वटा कबुलियति वन समुहहरुको १४८ सदस्यहरु रहेका उक्त सहकारीबाट मैले रु. १२,००० क्रण लिई एउटा भैंसी किने । र अहिले सो भैंसी ब्याएर दैनिक ४ लिटर दुध दिन्छ । त्यो ४ लिटर दुध नजिकैको मालिका बजारमा बिक्रि गरेर रु. ५० का दरले दैनिक रुं २०० गरि मासिक जम्मा रु. ६००० आम्दानी हुन्छ । र त्यो पैसाले घर गुजारा गर्छु । वहाँ अगाडि बताउनुहुन्छ ः मेरो लागि कबलियति वन त साच्चै नै गरिवको वन जस्तै भएको छ, सहकारीले गर्दा दैनिक बचत गर्ने बानीको विकास गराएको छ, साहुको चर्को ब्याज तिर्नबाट छुटकारा पाएका छौ । भावुक मुद्रा जस्तो देखिने पुर्ण बहादुर बोगटि थप्नुहुन्छ ः म जस्तै, बाख्रा, भैसीको लागि घाँसको अभाव र आफ्नो नीजि जग्गा थोरै भएको गरिव किसानहरुको लागि कबुलियति वन त सहकारी संस्था जस्तै सहयोगी हुँदोरहेछ । 
अध्यक्ष बोगटि रिठ्ठाको विरुवाको वरिपरि रहेका काम नलाग्ने झारपातहरु निहुरेर उखेल्दै मनका आशाहरु पोख्दै भने ः सहकारी वा सम्बन्धित निकायले बाख्रामा लाग्ने रोगका बारेमा, जुकाका औषधि आदीका बारेमा आवश्यक तालिम दिए राम्रो हुनेथ्यो । 
 
लेखन तथा संकलन ः रेन्जर हेमचन्द्र महतो, जि.व.का., अछाम 

 

कबुलियती वनले भण्डारी बने आत्मनिर्भर

स्वदेशमै आत्मनिर्भर भए के हुँदैन र ? यो प्रश्न कुनै नयाँ होइन । यसको उदाहरण बनेको छ, अछाम जिल्ला जनालीबण्डाली गा.वि.स. वडा नं. ७ बस्ने ४० बर्षीय रघु भण्डारी ।
 
भण्डारी अछाम जिल्लाको सदरमुकाम मंगलसेन देखी करिब ३ कि.मि.टाढा जनालीबण्डाली गा.वि.स.मा एउटा सानो घरमा बस्ने एक गरिब किसान हुन् । उनका ४ छोरी र १ छोरा छन् । आधा कट्ठा जग्गा र एक हल गोरु बाहेक उनीसँग केही पनि थिएन । बेरोजगारीको समस्याले उनी दैनिक ज्यालादारीमा काम गर्दा वर्षको तिन महिनामात्र खान पुग्थ्यो । त्यो पनि मुश्किलले । छोराछोरी बिरामी भएपछि उपचार गर्न नसक्ने भण्डारीको जिवन एकदमै कष्टकर रुपमा वितिरहेको थियो ।
 
भण्डारी भन्छन् ः गरिवीको कारणले भारतको पुना शहरमा गएर एक होटलमा समेत काम गरे । आठ वर्षको छोरालाई पनि सँगै होटलमा काम लगाइदिए । तर नावालक छोरीहरु र परिवारको चिन्ताले म घर फर्के — भावुक भएर भण्डारी आफ्ना दुःखका क्षणहरु सम्झी कुराहरु थपे ।
 
जिल्ला वन कार्यालय, अछामबाट वि.सं. २०६० सालमा जनालीवण्डाली गा.वि.स.वडा नं. ७ मा खेतखोला कबुलियती वन समुह गठन तथा हस्तान्तरण भयो । र जिल्ला वन कार्यालयको प्राविधिकबाट कबुलियती वन तथा पशु विकास कार्यक्रमबारे प्रेरणा पाएपछि म उक्त कबुलियती वनको सदस्य बने, छेवैमा बाँधेको बाख्रा सुम्सुम्याउँदै उनले भने ।
 
उनले भन्छन् ः मैले जिल्ला पशु सेवा कार्यालय, अछामबाट २ वटा बाख्रा पाए र बाख्रा पालन गरेर २३ वटा बाख्रा बनाए । उक्त २३ वटा बाख्रा मध्ये ८ वटा बाख्रा रु. पाँच हजारको दरले चालीसहजारमा विक्रि गरे ः खुशी भएर बाख्रातिर हेर्दै बताए । उनी अगाडी भन्छन् ः त्यो ४० हजारले आफ्नै दाजु नरपति भण्डारीको आधा रोपनी जग्गा किने  र त्यो जग्गामा मकै, धान, कोदो फलाएर वर्षको नौ महिना परिवारको छाक टार्न पुग्छ ।
 
घरको तल्लो गोठमा रहेको भैंसीतिर हेर्दै आफ्ना हात कम्मरमा राखेर भण्डारी बताउनुहुन्छ ः बाँकी १५ बाख्रामध्ये १० बाख्रा बेचेर जनालीबण्डाली गा.वि.स. वडा नं. २ बस्ने तारा प्रसाद भण्डारीसँग एउटा भैंसी ल्याए । भैंसीले साँझ विहान ४४ लिटर दुध दिन्छ । विहानको ४ लिटर दुध अछाम जिल्लाको ठुलासैन बजारमा प्रति लिटर रु. ४० को दरले बिक्री गरी मासिक रु. चारहजार आठसय आम्दानी गरिरहेका छन् ।
 
भण्डारी अहिले जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सदस्य भई मासिक रु. २० बचत गरिरहेको छ । गरे के हुँदैन ? भनी रघु भण्डारीले प्रश्न गर्दै आफ्नो छिमेकी लक्षीराम भण्डारीलाई बाख्रा पालन गरी कबुलियती वन समुहको सदस्य बन्न उत्प्रेरणा दिई स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उखानलाई पुष्टि गरेको छ ।
 
                                                             लेखन ः रेन्जर हेमचन्द्र महतो, जि.व.का.अछाम
 

बाख्रा पालनबाट बाब्लाका बलबहादुर साउदको जीवनमा सुधार 

“अहिले त मेरो जिन्दगीमा खुशी छायो” बल बहादुर साउद आफ्नै घरमा रहेको बाख्राको खोर तिर हेर्दै हँसिलो अनुहार बनाई भने । अछाम जिल्ला बाब्ला गाविस वडा नं. ४ बस्ने ४० बर्षिय साउद गरीव किसान हुन् । जग्गाको नाममा ३ रोपनी जग्गा मात्र छ, उनीसँग । उनलाई घरको दैनिक जोहो टार्न धौं धौ पथ्र्यो । आर्थिक स्थिति कमजोर भएको कारणले उनी २ छोरा र ३ छोरीहरुलाई स्कूलमा पढाउन नसक्ने अवस्थामा थिए । 
 
साउद भन्छन् “मलाई पहिले देखिनै बाख्रा पाल्ने रहर थियो । तर बाख्रा चराउने उपयुक्त ठाउँ, बाख्राको लागि आवश्यक पोषिलो घाँसको अभावले मेरा इच्छा पुरा हुन सकेको थिएन । तर जिल्ला वन कार्यालय, अछामको प्राविधिकबाट कवुलियती वन तथा पशु विकास कार्यक्रम सम्बन्धि जानकारी पाए पछि बाख्रा पालन गर्ने निधो गरे” । कवुलियती वन तथा पशु विकास कार्यक्रमवारे जानकारी पाएपछि साउद आ.व. २०६०÷६१ सालमा कबुलियति वन दर्ता गराउनका निम्ति आफनै अध्यक्षतामा समुह गठन गर्न गए र जिल्ला वन कार्यालय, अछाममा निवेदन दिए । फलस्वरुप जिल्ला वन कार्यालयले त्रिपुरा सुन्दरी नामको कवुलियती वन हस्तान्तरण गरेको थियो । उक्त वनमा कबुलियती वन तथा पशु विकास कार्यक्रमको आर्थिक सहयोग तथा जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा समुहका सदस्यहरुले घाँस रोपण, वन संरक्षण कार्यहरु संचालन गरे ।
 
गरीव किसान साउद भन्छन् “जिल्ला पशु सेवा कार्यालयले मलाई २ वटा बाख्रा सहयोग ग¥यो र थप २ वटा बाख्रा आफ्नै पैसाले खरीद गरी बाख्रापालन शुरु गरे । हाल आएर ५०÷५५ वटा बाख्रा व्यवसायिक रुपमा पालेर मासिक रु १२–१५ हजार रुपैया आम्दानी गरिरहेको छु ”। उनी लामो साँस फेर्दै आफ्नो प्रगतिको वारेमा थप्दै भने “दुईवटा छोराछोरीलाई स्वास्थ्य सहायक (एच ए) र तीनवटा छोराछोरीहरुलाई स्थानिय विद्यालयमा पढाई घरखर्च समेत त्यही आम्दानीबाट गरी गुजारा गरिरहेको छु” । त्रिपुरा सुन्दरी कबुलियती वनले गरेको सफलता देखेर जिल्ला वन कार्यालय, अछामबाट उनले पुरस्कार पाएको तथा विभिन्न तालिम भ्रमणहरुको पनि अवसर पाएको उनी बताउँछन् । 
 
आर्थिक स्थिती संगसंगै सामाजिक मान मर्यादा प्राप्त गरेका बाब्ला गा.वि.स.को वडा नं.–४ त्रिपुरा सुन्दरी कबुलियती वनका अध्यक्ष बल बहादुर साउदको सफलता देखि त्यस ठाँउमा अरु कबुलियती वनको माग भई हालसम्म ९ वटा कबुलियती वन गठन भएका छन् । कबुलियती वनमा सफलता प्राप्त गरेका बल बहादुर साउदले “थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिदों रहेछ । सवैजना संगठित भएर काम गरेमा सफल भईन्छ । विदेशमा गएर गर्ने मेहनेतले नेपालमै बसेर केहि ग–यौ भने सफल भईन्छ । अरुमा भर पर्ने परनिर्भतालाई त्यागेर आत्म निर्भर बन्नुपर्छ” भन्ने सन्देश दिनु भएको छ ।
 
                                         संकलनः रे. नरेश चन्द्र कर्ण, लेखनः रे. हेमचन्द्र महतो, जि.व.का. अछाम